वेदना को कथा

अर्याल क़ि छोरीऔँशिया रे
औँशिया केटो खोजी रहेछन,
घोरसाने कांछाको छोरी मंगली
मंगले केटो खोजी रहेछन
बस्नेत दाई को छोरो को धोको
तिनवोटी छोरी पछि है भाको
तै पनि हरे प्रभु मूल भेटेको!
दुलाल साइँला को कान्छी है छोरी
सारै नै राम्री पुटुक्क गोरी
जागिर गर्छिन विज्ञान भवन मा
मनपराइन केटो घरै आँगनमा
के गर्नु हरे लौ लाग्यो रे नाँड़ी
हुदैन रिस्त्ता रे नबडौँउ अगाड़ी।
सबैको सुद्धि तमाम गरेको
जोतिषी बाजेले मिलेन् भनेको
माँगेको गोरु ल्याएको हलो
बाच्नु नै भन्दा मरनु नै भलो
रोक्यो है हाम्रो प्रगति यसरि
समाज यतै छ उन्नति कसरि?

पुरुषोत्तन दहाल
रेल यात्रामा
(2015)

किनकी आमा हुनु हुन्न आज....

राम्ररी दाउन हालेर पकाएको शेलरोटी
बिदामा खुवौन राखेको ढक्क जामेको दही...
जाड़ो लाई साँची राखेको मह
घानी मा पेलेको तोरी को तेल
भोटे बाट किनको कांचो सिमरी र
पखंबेत...
पाई दै न हिजों आज. कठई
किनकी आमा हुनु हुन्न आज....

किन प्रेमपत्र पठायेउ मलाई ?

रूपले अनिरुद्ध हुन्थेँ भनि पनि त अर्कै कुरा
सबैले गाऊँँ मा काले पो भन्छन
फेरि गोठ र गाउँ मा नै बित्यो यौवन
बाल्यकाल पनि दुःख दुःख मा नै बित्यो
किन प्रेमपत्र पठायेउ मलाई ?

बाबु सुनखानिमा जन्मेको भए पनि त अर्को कुरा
लिम्बुवान मा पो जन्मेको भन्नु हुन्थ्यो बुबा
फेरि गान्टे र बिचरा आमा नभएको भन्छन
पित्त रोग ले ग्रसित थिएँ रे स्यानो मा
किन प्रेमपत्र पठायेउ मलाई ?

बाबु को एक्लो छोरो भये पनि अर्कै कुरा
अंग्सभण्ड को कुरो नै नपर्ने
हाई हाई हुन्थ्यो तर छ भाई मा अंतरे पो म त
घर राम्रो जग्गा मा हुन्थ्यो भनि त अर्कै कुरा
बर्सेनि ब्रह्मपुत्र को बाढीले सोत्तर पार्छ घर गाऊँँ
बसाँई सर्ने पो कुरो गर्नु हुन्छ बुबा
किन प्रेमपत्र पठायेउ मलाई ?

(पुरानो डायरी वाट(1990))
पुरुषोत्तम दहाल
गुवाहाटी