मेरो गानो गोठाले आँखाको भाका
*******************
आँखाले आँखालाई हेरे पछि
आँखाको भाखा बुझ्छन् कान्छा र अन्तरे ।
कसैको प्रेमील आँखा
कसैको मासुम आँखा
कसैका रातो आँखा
कसैको पिलपिल आँखा
आँखाले आँखालाई हेरे पछि
आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।
आँखाको आँसु निकै रित्याएको छन्
दुई दाजु भाइले
तर
झर्न दिएको छैनन् आँसु भुइँमा
आफैं बोक्ने भएका छन् आफ्नो भार
धरतीलाई किन बोझ बोक्न दिनु ,भन्छ कान्छा!
आँखाले आँखालाई हेरे पछि
आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।
उनीकोहरूको प्रेमील आँखा
कहिलेई जुधेनन कठै! हामीमा
कसैले भन्छन गोठाले आँखा
कसैले भन्छन निस्तेज आँखा
बेनाम र बेकामे भएको छ हाम्रो आँखा यो बजारमा कान्छा!
नाम नै नाम कमाउने त धनीको मात्रै आँखा!
बरै!हाम्रो फुस्रे आँखा।तथाकथित डेढे आँखा
कठै!हाम्रो रुखो आँखा?
आँखाले आँखालाई हेरे पछि
आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।
गाई र बाछा भोकाएको देखने यी हाम्रा आँखा!
डाले घाँस परैबाट देखने यी हाम्रा गोठाले आँखा
अरूको दुःख देख्न नसक्ने यी दुई आँखा
डढेको भात र माम्रीलाई पुष्ट देख्छ यी आँखा
दूर दूर सम्म देखने यी आँखाले
भेटेनन् कुनै प्रेमील आँखा
चिम्रे आँखा पो भन्छन कोही कोही त, हैट!
दूरबिन झैँ यी हाम्रो आँखा
बुझेनन् कसैले हाम्रो आँखाको भाका!
आँखाले आँखालाई हेरे पछि
आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।
पुरुषोत्तम उपाध्याय दाहाल
मिरिछपडी
धौला
25/12/2 छ
**********फेसबुकको बिहे
***********
उनी नदी पारि
ऊ नदी वारी
चिनजान फेसबुकमा
मित्रता सारै गहन भयो
यसले भन्न्यो ,तिमी नदी वारी आउ
उनीले भनिन् ,आउँछु
ऊ ,मोटर साइकल लिएर गयो
उनी, डुङ्गामा वारी आइन्
ल्यायो यसले आफ्नो भित्रि त्यो गाउँमा
बाइकमा चडाएर
छक्क परे सबै,को हो उनी भने!!!
बुहारी ल्याएँ भन्यो ।
कुटुम्ब हो कि हैन भन्दा फेसबुकमा प्रफाइल हेरेको भन्यो
गोत्र ,थर र मावली बारेर ल्याएको भन्यो।
गरिदिए टिको टालो।
न जन्तनै जानु पर्यो
न भत्खौरुले दुःख पाए
न सिलोके, न जनैसुपारी, न कुनै पत्र लाउने
न कुनै बाजा, न कुनै जन्ते बाख्रो
खाँड़ो जगाउने बलबहादुर सारै दुःखित भए।
सिलिके हाँक्ने खत्री माइलो सारै रिसायो
हजुरबा,आमै बाबु र आमा सारै निस्ताए
ठिटा केटाकेटीहरू खुब रमाए
मोर्डन बिहे, छोटोमिठो भने
न हनिमुन न दुरान फर्काईको टन्टा
आधुनिक बिहे सकियो।
बहूभतेर पनि खुवाउन परेन
आज बिहानै हिजोको बेहुला बेहुली
उखु गोड्न उखु बारीतिर लागे।
बाबु गोरु नारेर खेततिर लागे
हजुरबुबा लौरो लिएर गोठतर्फ लागे
मावली र आफन्तहरू नबोल्ने भए।
सानो दस वर्षको भतिजाले
काकाले काकी ल्याउनु भयो भनेर
सारा गाउँ फुक्यो
आमाले हप्काईन,मानेन ऊ
कसैले त, कस्ती केटी कमसेकम
हातमा मेहंदी लगाएर त भाग्नु पर्थ्यो भने
गाउँ प्रमुख आएर
जमाना नयाँ आयो है बलभद्र बा भन्दै
दुध नहालेको रातो चिया खाएर फर्किए।
पुरुषोत्तम उपाध्याय दाहाल
गुवाहाटी
५/१२/२०२२ र दुध,मही र मकै खाएको मजानै अर्को
*********************************
माम्री र दुध,मही र मकै खाएको मजानै अर्को
"अल्छे ले पो माम्रीभात खान्छ"
भन्नु हुन्थ्यो आमा
अल्छेनै सही
माम्री र दुध मही र मकै खाएको मजानै अर्को
धिउमा भुटेका फर्सीको मुन्टा
गुन्द्रुक र सिन्कीको अचार
गोलभेडाँको चटनी
तामाको आचार
तिलको अचार र सेलरोटी जति खाए पनि
माम्री र दुध मही र मकै खाएको मजानै अर्को।
सोल्लर र पाकेको फर्सीको स्वाद
ह्वाम्म ह्वाम्म खान्थ्यो अन्तरे
"भोक मिठो कि भोजन मिठो"
भन्नु हुन्थ्यो हजुरबुबा
मासको दालमा अदुवा हालेको
तर जति जे भने पनि
माम्री र दुध,मही र मकै खाएको मजानै अर्को।
आज धिउ खारेको दिन
नौनी धिउ र खारेको घिउ
रोजेर खान पाइन्छ यता
तर बाछालाई डाले घाँस काट्न पर्छ नि?
घिउ र भात जति खाए पनि
माम्री र दुध,मही र मकै खाएको मजानै अर्को।
ढकने पाक्यो लौ
टन्न खाएर बाख्रा चराउन जान्छ कान्छो
दिनभरि भोकनै लाग्दैन अब
अलिकति चिउरा पनि लिएर जान्छ
दही चिउरा जति खाए पनि
माम्री र दुध,मोही र मकै खाएको मजानै अर्को।
आँप र मुलाको थेबे,रायको साग,निगुरो र बेतको टुसाको
स्वादनै अर्को
तिता फूलको अचार
भेकुर गुटिको चटनी
औटेँगाको झोल जति खाए पनि
माम्री र दुध,मही र मकै खाएको मजानै अर्को।
मकै मात्रै खाएर जिउँदो रहेको उदाहरण छ गोर्खालीको
काम गर्छ,गरेर खान्छ,माग्दैन भिक्षा
जंगलमा पाउने नानाथरी खान जान्दछ ऊ
थोरैमा रमाउँछ ,सबैको प्यारो बन्छ
जिउने कला तमाम जान्दछ
थोरै खान्छ,घेरै गर्छ
माम्री र दुध, मही र मकै खाएको मजानै अर्को।
पुरुषोत्तम उपाध्याय दाहाल
गुवाहाटी , आसाम
10/11/22
तिता फूल:आसाममा खाने चलन भएको एउटा बोटको रातो फूल।अलिक तिती हुन्छ
बेतको टुसा:यता पाइने बेतको टुसा तितो तर सारै मिठो।पोलेर र भुटेर खाइन्छ।
औटेंगा: ठुलो रुखमा फल्ने गोलो आकृतिको अमिलो/टर्रो
स्वादको।
भेकुर गुटी:स्यानो गोल मरिच भन्दा अलिक ठुलो।सारै तितो
( पूर्व आसाममा)अचार खाइन्छ ।***
तिमी छिट्टै आउनु ल
छोरो पिपलको रुखमुनि
दिनभरि केरेम खेल्छ
धान लहलह पाकेको छ
काम गर्ने कोही पाईदैनन्
मेरो गानो गएको छ।
बाेझाेको बुटी बाँधी दिएका छन् गोले बाले
खान पनि केही रुच्दैन
बिरहले सताएको छ
सार्हो काम गरेर गानो गएको भन्नुभयो बाले
निन्द्रा पनि छैन
तिमी छिट्टै आउनु पर्यो
मेरो गानो गएको छबज्र
***
दसैंमा आएको हुण्डरीमा
चट्यांड पर्यो झुप्रे घरमा
त्यो पनि विधवा वृद्ध
खत्रिनि आमैको घरमा
बज्रले एक लैनो गाई
दुई खसी ठहरै भए
अब के बेचेर दसैं टार्नु होला हरे!कठै!
सारा गाउँमा बज्र परेझै भयो
नेताहरू आएर "चिन्ता नगर्नु आमै" भने!
"प्रकिति लगायत कसैलाई विश्वास नगरेस है अन्तरे "
भन्नु हुन्थ्यो हजुर बा।
सुकेका छन् आँसु मेरा फगत छ जिन्दगी आज
लुकेका छन् आँसु मेरा आघात छ जिन्दगी आज
सुखो परेली भएर पनि झिमकिन्छन आँखा मेरा
रुझेका छन् आँखा मेरा व्याघात छ जिन्दगी आज।
अन्तरे दाहाल
गुवाहाटी
३/१०/२२।
सानोमा एकपटक गानो गएको याद छ
आमाले निकै धामी लगाउनु भयो
निकैदिन पछि राम्रो भएको थियो
बल्झिएछ सायद फेरि
तिमी छिट्टै आउनु है
मेरो गानो गएको छ।
आउँदा अलिकति काँचो सिम्रिक र
टिम्बुर लिएर आउनु
पुरानो घिउले मालिस गर्नु पर्छ रे
लिएर आउनु
पुरानो उखुको रसले च्वाट हुन्छ रे
भेटिए लिएर आउनु
भात सम्म पकाउँदैन कान्छो
मोबाइल लिएर हिँड्यो गाउँडुल्न
सबै उदाएका घाम मात्रै हेर्छन
तिमी छिट्टै आउनु ल!
मेरो गानो गएको छ।
पुरुषोत्तम उपाध्याय दाहाल
गुवाहाटी
४/११/२२