हजुर आमै को समय को त्यो डाडु, फेरि
माताजी र काकी ले प्रयोग गर्नु भयो,
नुन, बेसर,तेल र सब्जी, के के मा डुबेन उ??
पीढ़ी-पीढ़ी सम्म।
आज फेरि बुहारी,छोरी हरुको हाथ मा,
र कहिले काँहि छोरा हरू पनि
रमाएर प्रयोग गर्छन,उसलाई।
केहि खिएको भए पनि प्यारो छ उ।
मैले जिज्ञाशा राखेँ "कस्ले बनाएको तिहुन
को स्वाद राम्रो",पुस्ता भरि को"।
केहिबेर टोलाएर भन्यो"मैले त आजसम्म
केहि स्वाद नै भेटिन त बाबु"।
"मेरो त प्रारब्ध न हो" झोल मा डुब्ने"
"स्वाद त तिमिहरुको निरूपण",
डाडु ले बिस्तारै फेरि भन्यो,
"लाउपानी को डूँडे कामी बा" हजुरको बुबा को साथी,
उनि ले दुइवोटा छिप्पिएका भलुका बाँस को बाबद मा
बनाई दिएको प्रेमको भेट "म"।
" स्वाद त तिमिहरुको ,प्रारब्ध पो मेरो"
म झसंग बिँउझिए।
पुरु
गुवाहाटी
बि:द्र:कविता मा त्यो समय मा प्रचलित केहि शब्दहरु हुबहु प्रयोग गरियो।कसैलाई केहि शब्दहरूले केहि आघात वा दुःख पुगेमा क्षमा प्रार्थी।