हुटिट्याउँ

देखिन मैले
उ खुट्टा उत्तानो पारेर सुतेको राति
छक्क परेंँ म, यो के भयो
उसलाई त आकाश झर्ने डरले
सताएको हुन्छ।
मैले सोधें ,किन एस्तो ?
जवाब आयो, आकाश झार्दैन
म निश्चित भएँ, तर मानीष झर्छ
म साक्षात भएँ।मेरो अण्डा को खोजिमा छ उ।
निमोनिया को औसधि रे मेरो अण्डा
छोड़ी दिएँ मैले उत्तानो परेर् सुत्न
आकाश को हैन
मान्छे को डरले,
म झस्संग बिउँझिँए।

पुरु
गुवाहाटी
30/5/21

आज म मधुशाला मा छु

ग्रह काट्न थियो निकै
भाकल पनि थिये केहि
सब ताम झाम ले नै भयो यज्ञ पर्व
अस्थि त यज्ञशाला मा थिएँ
आज मधुशाला मा छु।

पुरु
गुवाहाटी।
31/5/21

त्राहिमाम

                                 लौ
                                 गुरु
                             आजको
                             त्राहिमाम
                            के भएको यो?
                           चौतर्फि चित्कार
                          अबिरल क्रमशः
                        खोई  महामृत्युंजय?
                        काम नै भएन यसले
                      कुन जाप लगाउनु अब ?
                      केहि उपाय कस्ले देला?
                       के मंत्र र कति जप ?
                         चिकिस्त छन उनि!
                            के गरौ अब म 
                             खोजनुहोस 
                             छोटिलो त्यो
                                मंत्रेण
                                चाँडै
                                 लौ।
(भातृप्रतिम श्री मान मिलन बोहरा ज्यु ले श्रीगणेश गर्नु भएको यो यात्रा मा पुनर वहाँ को अनुरोध मा हतार हतार लेखिएको त्रिकोण कविता।)

युद्ध कोरोना संग,एक अनुभव

थाहै नपाई आएछ त्यो नकच्चरो,निर्दयी,
घरैमा बसेँ सात दिन,छोरी को बीकॉम को जाँच,
देख्दा देख्दै पार्यो त सोत्तर,हॉस्पिटल भर्ना हुनु नै पर्यो।
म अहंकारी र घमंडी थिएँ फोक्सो दरो हुनाको,
अमरनाथ ,केदारनाथ र वैष्णोदेवी निकै पटक
यात्रा गरेको,त्यो पनि हिढेँर ,म दरो हुने को अभिमान।

सानै वाट गोठ बसेको,दूध दही र घिउ ले मुलायम फोस्को,
मन भरेर खायो,बिरोध गरेँ मैले, मान्दैनन उनीहरु,
तमान गाली गरें, सराँपे,सुन्दैनन उनिहरु,
हजुरबा लिम्बुवान मा बसेको हुनाले केहि लिम्बु गाली गरें,
मैले हजुरबा ले सिकाए जत्ती सबै गाली गरें,टेरेनन ।
महामृत्युंजय देखि जानेको सबै बैदिक र तांत्रिक मंत्र जपेँ,
टेरेनन उनि, चीनी भाषा पो बोल्चन उनिहरु,भयो त?
म जेद्रो, छोडिन युद्ध गर्ने, डक्टर ले पनि साथ दिए,
रेमडीसीबीर र प्लाज़मा दिए,तमान युद्ध भयो।

मेरो फोस्को लाई पाकेको आम सरि बनाए,
म युद्ध गरि रहें,कुनै कोरोना ले भनेको पनि सुने,
यो त गोर्खा पो हो कि? पटकै डराउँदैन त ?
के गर्नु,खुकुरी ले काट्न नसक्ने युध्द मा मैले?
तर मैले हार खाइन,मनोबल हराईन,लड़ी रहेंँ।

एक्काईस दिन चल्यो त्यो युध्द,कहिले म वेंटिलेशन मा,
कहिले हाई फ्लो ऑक्सीजेन मा,हार्यो उ मेरो संकल्प मा।
फेरि तथानाम फलाक्न थाल्यो,हेर्छु तलाई भन्यो,
मैले पनि लाखेस तँलाई भने,अन्तमा बिस्तारै भाग्न थाले।
उ दागा धरेर गयो,मैले पनि गोर्खा को फेला परिस
साला चीनिया गद्दार,धंदुकारी,झाँक्ने भनि दिएँ।
आफू तमांग गाउँ र साथीहरु बीच हुर्केको, गरें तमांग गाली
अटेरि हुंदै लौ हिंड साथीहरु भन्दै सतहत्तर दिन मा बाटो लागे।
मेरो आधा कोरी लाख स्वाहा पनि पारेर गए ।

मेरो फोस्को मा तथानाम गरे,प्वाल पनि पारे,घाइते बनाए
मैले पुनर प्राण को केहि आयत्त गरेँ,बेजोड़ प्राणायाम गँरें।
राम्ररी सिकेँ मृत्यु कला,मृत्यु को सारै नजिक वाट
दर्सन गर्ने अहोभाग्य पाएंँ ,यो त कला पो रहेछ।
काम लागेनन आफन्त हरू कोई प्रतक्ष युद्ध मा,
नेपथ्य वाट हेर्ने र प्रभू पुकार गर्ने वाहेक।

अब रत्तीभर मृत्युभय छैन, चिरानन्द ,शिबोहम शिबोहम।
उसलाई खेदाँए तर डाँडा पारी लखेट्न सकिन।
उ सुप्त र जाग्रत छ अझै।लुप्त भएन बोक्सो बज्या।
घिचुवा साला।किच्चक मोरो।

पुरुषोत्तम उपाध्याय दहाल
बेलतला, गुवाहाटी।
17/5/21
गत मिति अ.7 oct 20 वाट 28 oct 20 को मेरो वास्तविक Covid 19.चित्रण को विनम्र प्रयास।

डाडु (सपनिमा)

जी आमै पछि
हजुर आमै को समय को त्यो डाडु, फेरि
माताजी र काकी ले प्रयोग गर्नु भयो,
नुन, बेसर,तेल र सब्जी, के के मा डुबेन उ??
पीढ़ी-पीढ़ी सम्म।
आज फेरि बुहारी,छोरी हरुको हाथ मा,
र कहिले काँहि छोरा हरू पनि
रमाएर प्रयोग गर्छन,उसलाई।
केहि खिएको भए पनि प्यारो छ उ।
मैले जिज्ञाशा राखेँ "कस्ले बनाएको तिहुन
को स्वाद राम्रो",पुस्ता भरि को"।
केहिबेर टोलाएर भन्यो"मैले त आजसम्म
केहि स्वाद नै भेटिन त बाबु"।
"मेरो त प्रारब्ध न हो" झोल मा डुब्ने"
"स्वाद त तिमिहरुको निरूपण",
डाडु ले बिस्तारै फेरि भन्यो,
"लाउपानी को डूँडे कामी बा" हजुरको बुबा को साथी,
उनि ले दुइवोटा छिप्पिएका भलुका बाँस को बाबद मा
बनाई दिएको प्रेमको भेट "म"।
" स्वाद त तिमिहरुको ,प्रारब्ध पो मेरो"
म झसंग बिँउझिए।

पुरु
गुवाहाटी
बि:द्र:कविता मा त्यो समय मा प्रचलित केहि शब्दहरु हुबहु प्रयोग गरियो।कसैलाई केहि शब्दहरूले केहि आघात वा दुःख पुगेमा क्षमा प्रार्थी।

मित बा र मित आमा

याद आउछँ मित लाउने चलन,
जज्ञ मा बसेर, उपहार साटा-साटि दुवै पक्ष को,
हामी रमाएर हेर्ने गर्थ्यौ त्यो दृश्य ,
अनन्त हुन्थ्यो उनीहरुको वन्धन,
अब मित को पनि दश दिनै जुठो लाग्छ,
गुरु को घोषणा हुन्छ, पर्व सकियो।
श्याम र रीता ,उनीहरु दाजु बैनी,
स -सना थिए त्यसबेला,
अचानक बस दुर्घटना मा,
बुबा -आमा दुवै को मृत्यु।
आफन्त कोई थिएनन रगत को साइनो को,
आखिर मित बा र आमा ले जिम्मा लिए।
ठुला भए उनीहरु,रीता को बिहे पनि गरि दिए,
उनीहरुलाई माया को कमि नै भएन,
मित बा र मित आमा को माया मा बांँधिए।
महामारी मा एक्लो भए निकै परिवार
कोई छैन उनिहरुलो दुःख बिसाउने,
मित लाउने चलन नै हरायो हरे ¡
गुरु, यो छोरी को बिहे मा म मित लाउने परेँ,
के कसो होला ?
आज्ञा पाँउ।

पुरु
गुवाहाटी
14/5/21