फेरफारे पनि छैन,
सुकेको नै छैनअझै,आउनु कसरि?
आज फेरि बार्ने बार,मंगल बार,
घर छोड़नु हुदैन,आउनु कसरि?
फेरि भन्नौ, आज मंगल बारे ब्रत,
केहि खान्न म, आउनु कसरि?
चश्मा खसेर भाचिएको छ,
बनाउन दिएको छु,
दुई चार दिन लाग्छ रे,
म आउनु कसरि?
आज पूर्व तिर को जात्रा निषेध छ
बिसाखा नछत्र हुनाले,
म आउनु कसरि?
खँदाल बा को मलामी गयेँथे
आज चोखिने दिन,जानु नै पर्ने,
म आउनु कसरि?
आउन त मन लाग्छ,
तर परिश्थिति वाधक छ,
फेरि बर्खा पनि त लाग्यो,
नरिसाउ तिमि, कोशिस जारी छ
तमाम बाधा हरु बिच,
म आउनु कसरि?
पुरु
मुम्बई
16/2/17