तमाम कुरुक्षेत्र भो।

कथा त सामान्य नै हो,
केटी कम पढेकी
केटो निकै विद्वान रे,
प्रेम प्रसंग चलेछ,
थाहा लाग्यो केटो को घरमा
हाहाकार भो आफन्तै मा,
गाउँमा तमाम कुरुक्षेत्र भो।

बीरे ले चुनाउ जितेपछि,
"मलाई भोटै दिनस तँईले हर्के", भन्नेसाथ,
जानना तमाम भेला भए,
हाथापाई मत्रै कहाँ हो र
तमाम कुरुक्षेत्र भो।

प्रेमी भएर मानसिंग ले,
उसको तथाकथित प्रेमिकालाई,
एकादशी को कीर्तन मा,
"आई लभ ईउ"भन्यो भनेर
हल्ला फिँजिए पछि,
तमाम कुरुक्षेत्र भो।

तल्लो घरको बाख्रा ले,
वोल्लो घर को बाली खाँदा,
तथानाम फलाकिन वोल्लोघरे आमै ले,
बोक्सी भनिन तल्लो घरे आमैलाई,
लाठो -मुंग्रो मत्तै कहाँ,
तमाम कुरुक्षेत्र भो।

पुरुषोत्तम
कुरुक्षेत्र
हरियाणा
3-5-2019



हामी तीर्थ जाने । कसलाई के के??

छोरी भन्छे लुगा ल्याईदिनु,
छोरो भन्छ फर्के पछि बाइक,
सालीलाई त पैजाब र् दामी पोते रे ,
दाजु भन्छ रुद्राक्ष को अरिजिनल माला,
भाउजुलाई रातो चंदन को गिँडो,
भाईलाई पंजाबी कुर्ता XL साइज को,
बुहारिलाई कपाल नझरने दामी तेल।

छिमेकि काँइली अमोई लाई त
डब्बा डब्बा भरि गोपी चन्दन रे ,
फेटालनी अमोइलाई राधे राधे लेखेको
विन्द्रावन को राम्रो च्यादर तर पँहेलो,
कर्कीनि आमैलाई त सोस्थानी को पुस्तक,
मेरो गोठलो माईला लाई त
"प्रेम लहरी" र "गुलवकावली" को कथाको
बाक्लो र जिलबन्ध ठुलो किताब।

मेरो जिग्रि दोस्त लाई त
फर्केपछि दामि मालको पार्टी रे !
सायद तीर्थेभोज भनेको होला ?
बाहुनी अमोइ लाई त पंचपात्रो र
चाँदी को आचमनी संगै तामा को अर्घोऊतो,
पुरहैत बा लाई चक्रान्खित शालीग्राम पो रे,
सानिमालाई तामा को जलधारी र कलश,
दिदी भिनाजुलाई चांदी को शिबलिंग,
हामी तीर्थ जाने कुरा सुनेर सबैले आएर
राधे राधे साथै सफल यात्रा को कामना गरे।

बृद्ध बुबा ले "गंगाजल ल्यायेस"
आमा ले "सन्चो सुविस्तै आयेस"भनेर
मनको वह अश्रुधारा ले बिसाए।
थरि थरि मानिसको नानाथरि ईच्छा,
दुईदिने जिंदगी यो यसैगरि बित्छ।

पुरु
अमृतसर
3/1/2019

सुनौला ति दिनहरू

मुंगसिर को महिना, खेत र बारिमा
धान को कटाई ,पराल को चटाई,
सब्जी र आलु, हली छ कालू,
गुनरूक र सिन्की ,जलाँऊ ल सुन्ठि
पराल को घर ,सुत्नलाई भर,
होक्से को अचार, सबैको बिचार,
एकराते दही ,बाक्लो छ मोई
नौनि है घिउ ,भातैमा लिँउ,
मास को दाल, अदुवा छै हाल,
धनिया को अचार ,खाने है बिचार,
फर्सी को मुन्टा,नखाई के हुन्छ,
अमिलो चूक,गुंरुक को सुप,
बिहायो गाई , बिगौती ल्याई,
चाम्रे है पाक्यो,खेताला थाक्यो,
डुकु को अचार, खान छ बिचार,
तोरी को फूल ,मौरी को हुल,
खागो को मह,सबै को चह,
सुकेको खोला, माछा पो होला,
बकेरनो गाई,ओलन मलाई,
मुला को थेपे,ठुलाले हेपे,
अमिलो दही,सोल्लर नै सही,
घिउ को भुटुन,पाक्यो है तिहुन्
रमाईलो जाड़ो,फेरि है आयो,
बचपन को याद मनमा समायो।

पुरुषोत्तम
अमृतसर
18/12/2018

को मतवाली???

जंगल मा निगुरो टिप्न जांँदा आज
अचानक सर्प छेउ मा आएर भन्यो
"मेरो बिष छैन त किन मार्छौ तिमिहरु"?
देख्न साथ लाठो र मुन्ग्रो गर्छौ।
म चुप्प लाँगे किनकि परार सर्पले डस्दा
म मरेको थिँईन,जस झारफुक गर्ने ले पाए।
प्राणीहरुको ब्यथा सुन्न गारो भयो ,
म घरतिर फर्किनु निको ठाने।
बाटामा बाल्यबंधु मुत्तान कान्छो,
खाएर फिटिंग भयेर आँउदै थियो,
मलाई देख्न साथ भन्यो
पोहोर तेरो आमा ले मलाई
"ए मतवाली नानी "भेनेर भन्यो,
तँ राति धोक्छस ,म दिउँसो
त्यसैले म मतवाली?
बाहुन काठा,निकै को छस तँ।

पुरु
अमृतसर
28/8/18

सिमल,वर-पीपल आँप र बेल

जोड़ी वर-पीपल ले अट्टहास मा,
सिमललाई एक्लो देखेर
हिजड़ा भनिदियेको मा,
बबाल छ आज।
सिमलले पनि बाँझो बाँझी
भनि जबाब ठोकेछ
वर-पीपललाई' लाखेस
निःसन्तान तिमिहरु दुवै भन्दै,"।
आँप ले पनि ,पत्ता मेरो,समिदा मेरो,
फल मेरो र कोमल छाँया पनि मेरो
र गफ तिमिहरुको,थेत्तरा ,मर्ज्यदा राख,
भनि फलाकेछ सबैलाई।
बेलको रुखले यि सबै सुनेर करायो,
हामि आफन्त मा झगड़ा नगरौ,
एउटै नौका को सहयात्रि हामि,
काट्ने ताक मा छन रे महामानव,
हिजै क़ुरा गर्दै गए ति ,
सायद बनाउँछ होला ऑक्सीजेन,
कॉर्बनडाईऑक्साइड बाट,
गफै को भरमा, मास्सीने मेलो
उस्को सायद, हामि भन्दा अघि।

पुरु
अमृतसर
7/6/18