रिमझिमे पानीमा
रिजल्ट लिन जांँदा,
रिमालनि आमोई ले
रित्तो गाग्रो बोकेर
बाटो काटिन ,लोद्दर, भन्दै
रिसाएर घरतिर फर्किये।
कालो बन ढाडे
कुखुरा खोज्न गाँउतिर जाँदा
काफले कान्छोलाई देख्ने साथ
कुलंगरे मान्छे को जात, छिः
लोद्दर,नकच्चरो ,लबस्तरो,डाढे
यात्रा नै बिगार्यो मान्छे ले
बाटो काटेर भन्दै
बनतिर फर्कियो
पुरु
अमृतसर
31/5/18