स्मृति पटल - मुलिया घाट

घटना त उहि म 6/7 क्लास मा हुँदा को हुनु पर्छ।ठुलो परिवार हुनेलाई कमाई को बिभिन्न माध्यम अपनाउनु परदो रहेछ।पिताजी ले लॉउपानी भन्ने ठाउ मा माटो लियेको त्यसैले हो भन्नु हुन्थ्यो।अरु केहि दाने गाईं हरु जोडेर सानो गोठ पनि थियो।त्यसैको आमदानी ले परिवार चलाउन मद्दत हुन्थ्यो।घरमा केहि पूजा ,अनुष्ठान हरु हुँदा लॉउपानी बाट दुध- दही ल्याइन्थ्यो।त्यो काम चै प्रायः मेरो नै भाग मा पार्थयो।म रुचाउथे पनि।हाम्रो परिवार ठुलो थियो।सात भाई छोरा र दुईटी छोरी।
बर्खा को बेला थियो।घरमा केहि पूजा थियो।म लॉउपानी मा अघिल्लो दिन गएको थिँए दुध- दही ल्याउन को लागि।पूजा को दिनमा दुइटा जग मा एउटा मा दुध र अर्को मा दही लिएर बिहानै करिब 6 बजेतिर लॉउपानी बाट बोकापथार आफ्नो घर तिर लाँगे।भार को वजन प्रायः 12 kg जति हुनुपर्छ।तामाम हिलो हुन्त्यो बाटो मा।भार मा एकतिर दुध र अर्को तिर दही थियो।भार लुईकिएको मज्जा नै अर्को हुन्त्यो।बाटामा मूलिया घाट आये पछि नाँउ मा पार हुनु परर्थयो।हिउदो मा त हिडेर पनि पार हुइन्थ्यो।मूलिया घाटवारे कानि खान्थ्यो।म बिहानै पुगेर मूलिया लाई घाट तारि दिन भने। उ सुति रहेको थियो। उसले आना-कानि गर्यो।उसले ऐति बिहानै जान मानेन।म बिसेनी मुख भन्ने त्यो स्वामी को रुख को छेउ को खोला बाट शार्टकट बाटो जाने निर्णय गँरे र तेता तिर लाँगे।करीब 300 मीटर लामो खोला।पानी छाती छाती हुन्त्यो प्राय त्यो खोलामा बर्खा मा।भार को साथ मा म पानि मा पँसे।खोला मा पानी को कर्रेंट निकै थियो।जांदा जांदा घुँडा डुबेर कंबर पार भयो।अब छाती छाती मा पुग्यो।काँद मा भार त थियो नै एक हाथ मा गंजी र शर्ट।पानी मा पसने अघि गंजी र शर्ट खोलेर हाथ मा लियेको थिँए।अब छाती कटेर मुख सम्म पानी पुग्न थाल्यो।अंतमा म पुरा डूबें।


म डुबेर तल सम्म जाँदा पनि माटो भेटिन।भार र कपड़ा छोड़ी दिए र म माथि पौरियेर उतरिये।भार मा दुईवोटा जग राम्ररी बाँधेको हुनाले भार सँगै बगी रहेको थियो।कोल पत्ता ले मज्जाके ढक्कन लाएको हुनाले दुवैवोटा जग भार का साथै नाडुबीकन बगदै गयो।छेउ छाउ मा कोहि थिएनन। म पौरियेर पारी तरे र जग बगेर गएको हेरि रहे।लुगा बगेको त देख्न पाइन।भिजर सोत्तर भएको थिए।डर लागि रहेको थियो घरमा के भनलान भनेर।देख्दा देखदै दुध- दही, कपड़ा भार बगेर गयो।फेरि पौरियेर त्यो बगदै गरेको भार समातने साहस आएन।मैले आँखा ले देखे सम्म जग डुबेको थिएन।तूफान बगि रहेको थियो।मूलिया घाट मा नै परखेर पछि नाउँ मा आएको भये यो गति हुने थिएन होला भन्ने पस्यताप भई रहेथ्यो। अंतमा नाङ्गो शरीर लिएर कामदै कामदै घरतिर लांगे।खोला बाट घर करिब 2.5 किलोमिटर थियो।कुकुर कुदाई ले कुदेर घर छिटै पुँगे।घर मा पूजा हुनाले जन्तरे बा(खनाल)र प्याकुरेल गुरुजी बाहिर बसि रहनु भएको थियो।मेरो हालत देखेर सबै छक्क परे।मेरो ब्रितान्त सुनेर जन्तरे बा ले "आयु को छोरालाई बायु ले खाँदैन"भन्नु भयो।जन्तरे बा टु -इन-वान हुनु हुन्त्यो(पुरैत पनि धामी पनि)।पिताजी माताजी ले केहि भन्नु भयेन।मूलिया लाई जति सक्दो फलाके सवैले ।माताजी को अनुरोध मा मेरो सातो पो गयो कि भनेर जन्तरे बा ले चामल फुकेर हेनेमेने गरि दिनु भो।पछि बेलुकी पिताजी ले मूलियालाई गएर झपारनु भयो।मलाई पनि साथै लिएर जानु भएको थियो।उसले त मेरो नै गल्ती ठहरायो।हो पनि उसको केहि गल्ती थिएन।