को पार्गत

मैले फ्याँकेका वोही का ति गाताहरु
अनि चिठी का खोलहरु
बुवाले सुटुक्क बिस्तारा मा लुकाउनु हुन्थ्यो ,
अनि कोर्नु हुन्थ्यो गणित का ति सूत्रहरु
कागज को मुल्य मलाई थाहा थिएन
माटो मा अंगार ले, पत्ता मा आँफै बनाएको मसी ले बुवाहरु ले लेख्न सिक्न हुन्थ्यो रे,गुरु बा को घरमा,
मलाई कागज को अकाल थिएन ,
बुवाको जमना मा कगाज नै थिएन ,
तेसैले होला बुवा गणित मा पार्गत,
भोजपत्र मा,आँफै बनाएको मसी ले,
सालभरि को पात्रो लेखन्नुहुन्थ्यो,जमाना मा बुबाले,किन होला त
हामि तथाकथित स्नातकोत्तर भएर पनि गणित मा आपार्गत?

पुरु
अमृतसर
26/3/2017

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः

फेटालनी आमोई को कोहि थिएनन,
एक्लै बस्थिन, बाख्रा थिए निकै,
मुडुलो टाउको, किनकि श्रीमान खसेको,
उनको मलामि म गए थिएँ,म सानो भये पनि,
रात पर्यो, लाश पुरा जलेको थिएन,आए मलामि,
सायद त्यो नारी दिवश को दिन थियो!!
लाश त हेपियो भनि आमोई कति हेपिन होला ?
गोदार माइलाको छोरी,विहे भाको एक वर्ष भयो, हिजड़ा भनेर माइत छोडेर गए स्रीमान ले,
पछि घोरसाने कांछा संग भागी,राम्रो छ अहिले,
बर्सेनि का दुई वोटा छोरा छन,
न नारी दिवस न नारी थिए हक़ माग्ने तेतिखेर,
यस्तै थियो होला नारी दिवस तेतिखेर ?
बुहारी लाई अंखरा को झटारो हान्ने तल्लाघरे आमोई,
बुढ़ी कुटने भंगेरे वाहुन,
छोरी पढ़ाए चिठ्ठी लेख्छन भनेर
भाई बहिनी हेर्न लाउने खत्री माईलो,
बुहारी,छोरी र आमा को हुर्मत थियो तेतिखेर,
उज्यालो बोकेर आवोस नारीहरुमा अब,
सपनिमा आमा लाई देखे भन्ने छु पक्का,
नारी सन्मान ,सुरक्षा को दिवस मनाएको कुरा,
किनकि दिउँसै डाका ले आमा को गहना लुटेको
याद छ मलाइ,
सुन को मोह नै थिएन आमामा त्यसपछि,
कत्त्ति हो कत्त्ति अब्यत्त ब्यथा को कथा
जत्ती भन्यो उत्ति नै छुटेर जान्छ,
‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः

पुरु
अमृतसर 8/3/17
(छोरी/भातिजी निर्मला को अनुरोध मा अन्तर्रास्टिय नारी दिवस मा लेखेको कविता)

किन न आकि?

(हजुर बा ले जेठी हजुर आमै लाई लेखेको चिठी)

सोस्थानी को सांगे मा पनि आईनस
वर्त लियेकी थिई कांछी ले
आमा को चौरासी को पनि खबर गरे थेँ
किन न आकि ।

भांजा को व्रतमन्न मा पनि त आईनस,
सबैले सोधी रहे ,गुनासो गरे
नानी केटाकेटी हरु पनि ठुली आमा खोइ भनछन?
कांछी को पनि भ्याइ न भ्याइ छ,
मास,घांग्रा र रहर उखालन् बिति सक्यो
किन न आकि।

ज्योतिषी फुपाजु को वरखांत्त मा खबर गरे थे रे
सारै दुःख माने, किन न आकि।

काका बा को छोरी गौरी को बिहे मा निम्तो पठाये रे
खबर पनि गरे, किन न आकि।

प्रभु ले जे दिए त्यसैमा खुशी हुनु निको अब
छोरा छोरी भयेनन भनेर दुखः नगरे है ठुली ¡
कस्ले बाँझी भन्यो भन्न दे,भो अब माईत नवस,
बोरु एक्ली आमा लाई लिएर यतै आइज
मैले र कांछी ले कत्ति समझाँए तँलाई
यि केटा-केटी आफ्नै ठान, दुःख नमाने है ठुली
पीर नमान,जागुन को गोले झाँक्र्री ले
बोझो को बुटी दिन्छन रे,जाऊँला एकदिन,
कस्ले के भन्छ ,भन्न दे
बोरु एक छाक खाऊ, सँगै बसौ
खर्च पनि पठाई दि रथेँ ,वाहुन दाजु को हात मा,
किन न आकि?

पुरु
अमृतसर
5 /3/17

खुकुरी

हाम्रो शान हाम्रो मान हाम्रो प्राण खुकुरी
उठ्दा बस्दा हिँँड्दा सुतदा अलंकार हो खुकुरी।  

नानी जन्मयो लागो जान्छ सिराने मा खुकुरी
बिहे आयो खाँड़ो जगाउन लानु पर्ने ख़ुकुरी।

जन्त जान जंगल बाटो भिरे सबले खुकुरी
मलाम जान खोला पाखा साथ मा लिई खुकरी।  

गोर्खा फ़ौज राइफल साथै भिरि हिँडे खुकरी
फ़ॉकलैंड वार भयो फ़तेह नायक त्यसको ख़ुकुरी।

रेल यात्रामा फल फुल काटने साथी पनि ख़ुकुरी
आई परेमा जाई लाग्ने यात्रा साथी ख़ुकुरी।  

अतिथि आए आम सभामा संबर्धना मा ख़ुकुरी
टोपी साथै ख़ुकुरी उपहार शान हो हाम्रो ख़ुकुरी।

निगुरो टिप्न ढकाल साँईला बोकि साथै ख़ुकुरी
जंगल पसे फलफुल खोजन्न भिरी टक्क ख़ुकुरी।  

पशु अल्झो मर्छ क्यार बंधन काटने ख़ुकुरी
कुकुर भुक्यो राति घरमा खोइ खोइ साँइली खुकुरी।

दँसै आयो अस्त्र पुजा तेस्मा पनि ख़ुकुरी
मारकाट गर्न शक्ति पुजा .त्यसमा अघि ख़ुकुरी।  

धामी कांछा चिंता बसे थानमा राखि ख़ुकुरी
पाड़ा खोज्न खत्री कांछा हिँडे भिरि खुकुरी।

गोर्खाली ले भिर्न सक्छ आफ्नो शान ख़ुकुरी
पृथिवी, जल ,आकाश सम्म भिर्न सक्ने ख़ुकुरी
यस्तो गोर्खा धन्य हामि शान हो हाम्रो खुकुरी।

पुरु
अमृतसर