साँप र भ्यागुतो

म स्यानो हुँदाको एउटा दृश्य,
झल्कि रहेको छ आँखामा,
खेत को त्यो पल्लो गरा मा,
सानो सर्प र ठुलो भ्यागुता।

सर्प ले समात्यों पुच्छर तिर,
भ्यागुतो ले तान्यो सर्पलाई,
उ ठुलो दरिलो तर सर्प स्यानो,
खेल चलि रहेथ्यो तानातान को ।

अचम्म को अर्को दृश्य ,
अहिले पनि स्पस्ट छ मेरो नजर मा,
भ्यागुतो ले पनि खान छोडेन ,
अगाडि आयेको किरा-फटेंग्रा,।

जीवन जुद्ध को यो खेल मा,
बिजयी भयो उ,सकेन सर्पले, फुत्क्यो भ्यागुता,
हामी त मानव जीवश्रेठ , मन नमार्ने अब,
करोना को त्रास मा पनि भ्यागुतो झैँ।

पुरुषोत्तम दहाल
बेलतला , गुवाहाटी
12/4/2020