हजुर,नमामि त ब्रह्मपुत्र नै हुन

नदी हरुमा पुं लिंग
तमाम प्राणीहरुको धरोहर
उर्बर जमिन छेउ छाउ मा
जन्म देखि मृत्यु सम्म को आधार
हजुर ,नमामि त ब्रह्मपुत्र नै हुन।
वर्खा को रूप उग्र भये पनि,
लेदो ले जमिन उर्बर हुने
उलाऊ ले जान माल गए पनि स्वाहा भनिने,
पुनर उत्थान हुने , स्नान मात्रै मा मोक्ष हुने
हजुर, नमामि त ब्रह्मपुत्र नै हुन।
बाबु ले बारंबार भनेको "मेरो अस्तु नलगेस है छोरा"अंत कुनै ठाँउ मा
यहि ब्रमपुत्र मा सेलाये हुन्छ, यो सागर मा मिल्छ,
त्यसै गरेँउ हामीले, त्यसैले होला
हजुर, नमामि त ब्रह्मपुत्र नै हुन।
हाम्रो प्रारंभ नै ब्रह्मपुत्र को छेउ,
गोठ बाट नै प्रारंभ नया जीवन, पछि अनि प्रगति ,
सुख दुखः को लामो अंतहीन गाथा
डूबे जो जो भये मोक्ष,बाँचेका जति भये बज्र
हजुर, नमामि त ब्रह्मपुत्र नै हुन।
साहित्य एकाडेमी ले पनि सर लीलबहादुर को
" ब्रह्नपुत्र को छेउ छाउ"पुस्तक नै रुचाए,
ब्रह्नपुत्र को छेवैमा भयो सबै जातिको महामिलन
चीन बाट बंगोपसागर सम्म को लामो यात्रा ले होला
हजुर, नमामि त ब्रह्मपुत्र नै हुन।

पुरु
अमृतसर
4/4/17