किन प्रेमपत्र पठायेउ मलाई ?

रूपले अनिरुद्ध हुन्थेँ भनि पनि त अर्कै कुरा
सबैले गाऊँँ मा काले पो भन्छन
फेरि गोठ र गाउँ मा नै बित्यो यौवन
बाल्यकाल पनि दुःख दुःख मा नै बित्यो
किन प्रेमपत्र पठायेउ मलाई ?

बाबु सुनखानिमा जन्मेको भए पनि त अर्को कुरा
लिम्बुवान मा पो जन्मेको भन्नु हुन्थ्यो बुबा
फेरि गान्टे र बिचरा आमा नभएको भन्छन
पित्त रोग ले ग्रसित थिएँ रे स्यानो मा
किन प्रेमपत्र पठायेउ मलाई ?

बाबु को एक्लो छोरो भये पनि अर्कै कुरा
अंग्सभण्ड को कुरो नै नपर्ने
हाई हाई हुन्थ्यो तर छ भाई मा अंतरे पो म त
घर राम्रो जग्गा मा हुन्थ्यो भनि त अर्कै कुरा
बर्सेनि ब्रह्मपुत्र को बाढीले सोत्तर पार्छ घर गाऊँँ
बसाँई सर्ने पो कुरो गर्नु हुन्छ बुबा
किन प्रेमपत्र पठायेउ मलाई ?

(पुरानो डायरी वाट(1990))
पुरुषोत्तम दहाल
गुवाहाटी